हेटौंडा । हेटौंडामा आजबाट स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिताको तेस्रो संस्करण सुरु हुने भएको छ । आयोजकले आजबाट हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने गोल्डकपको तयारी पुरा भएको आयोजक जिल्ला फुटबल संघ मकवानपुरले बुधबार पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो । आजबाट फागुन २७ देखि चैत ७ गते सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमरा खेल्ने छन् ।
उद्घाटन खेल आज दिउँसो ३ बजेबाट सुरु हुने बताईएको छ । गोल्डकपमा नेपाल आर्मि क्लब, नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहित १० टिम सहभागि हुँदैछन् । प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ। जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको आयोजकले जनाएको छ ।








