काठमाडौं । नेपालमा आज (बुधबार) एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। उनीहरु तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको बताइएको छ ।








