नवलपुरको कावासोतीमा रहेका संस्थागत बिद्यालयहरुले टेलिभिजन, एफएम रेडियो र युुटुुव मार्फत पढाउन थालेका छन् । लकडाउनको कारण पठन पाठन लामो समयदेखि प्रभावित भएका भन्दै नयाँ प्रयोग स्वरुप कक्षाहरु संचालन गरिएको हो । शिक्षकहरुले भिडियोमा पढाउने, बिद्यालय, शिक्षक र अभिभावकहरुको सहयोगमा पायक गर्ने बिद्यार्थीले जुन सुुकै माध्यमको प्रयोग गरेर पढ्न सकिने व्यवस्था मिलाईएको छ । १५ विद्यालयहरुको आयोजना र सेन्टजोसेफ स्कुुलको व्यवस्थानमा कार्यक्रम शुरुवात गरिएको हो ।उक्त कार्यक्रम हरेक दिन दिउसो २ ः २० देखि एकै साथ प्रशारण हुने कार्यक्रम उत्पादक स्टार टेलिभजिनले जनाएको छ । अनलाईन पाठशालामा बालबालिकाहरुलाई सहभागी बनाउन अभिभावक जिम्मेवार बन्नुुपर्ने कार्यक्रम संयोजक एवंम लड बुद्ध स्कुलका फाउण्डर प्रीन्सिपल रमेश अघिकारीले बताउनुुभयो । त्यस्तै कक्षा नर्सरी देखी युकेजी सम्म सिकाइ कक्षा संचालन गर्ने भएको छ ।सुन्दर भविश्यको परीकल्पना गर्दै हातमा कापी र किताव च्यापेर विद्यालय जाने बालबालिकाको लागी कावासोती नगरपालिका भित्र रहेका संस्थागत विध्यालयका शिक्षकहरुबाट टेलिभिजन, युवट्युव, फेसबुक, अडियो र रेडियो मार्फत कक्षा संचालन गरिने संयोजक रमेश अधिकारी बताउनुभयो ।अन्य मिडियाहरुमा ग्रामीण क्षेत्रका विद्यार्थीको पहुच नपुग्ने र रेडियोको माध्यमबाट ग्रामीण क्षेत्रका विद्याथीहरु समेत समेटिन भएकाले रेडियो मार्फत र सग सगै इन्टरनेटका पहुचमा रहेका लाई घरमै बसी बसी अध्ययन गर्ने बाताबरण श्रृजना गर्न अन्य विद्यालय संग सहकार्य गरेर रेडियो तथा अनलाईन मार्फत शौक्षिक कार्यक्रम संचालन गर्नेछ ।








