स्याङजा । स्याङजामा एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनाश गाउँपालिका-७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवतीसमेत बनाएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङजाबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।








