सांकेतिक तस्विर
कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिकाका सैनिक जवान २३ वर्षीय राजाराम मगर रहेका छन् । कालिजंग गणमा कार्यरत उनी पोखरामा सञ्चालन भईरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार फेवातालमा खसेका थिए ।
सेना र सशस्त्र प्रहरीले उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याएकोमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।








