एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘किलर’ भनेका छन् । बुधबार प्रशारण भएको एबीसीसँगको अन्र्तवार्तामा बाइडेनले रुससँगको सम्बन्ध नाजुक रहेको उल्लेख गर्दै पुटिनलाई ‘किलर’ भनेका हुन् ।
बाइडेनको उक्त टिप्पणीपछि पुटिनले खुला बहसका लागि चुनौती दिएका छन्। पुटिनले उनीसँग सिधा कुरा गर्न चाहेकोसमेत खुलेको छ । ‘राष्ट्रपति बाइडेनसँग मेरो प्रस्ताव के छ भने हामी सीधै छलफल गरौं, लाइभ हुन्छ कि अनलाइन, कुनै रेकर्ड नगरीकन,’ पुटिनको भनाईलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।
रसियन समाचार संस्था तासका अनुसार शुक्रवार वा सोमवार बहसका लागि पुटिनले बाइडेनलाई निम्तो दिइसकेका छन्। बिहीवार क्रिमलिन प्रवक्ता डिमीट्री पेस्कोभले पनि बाइडेनको प्रतिक्रियाबारे रसियाको भनाई सार्वजनिक गरेका छन् । बाइडेनले रुससँगको सम्बन्ध सुधार्न नचाहेको यसबाटै स्पष्ट भएको पनि पेस्कोभको भनाई छ । ‘अमेरिकाका राष्ट्रपतिबाट अत्यन्तै नराम्रो टिप्पणी आएको छ ।
यसको अर्थ उनी निश्चित रुपमा हामीसँग सम्बन्ध सुधार्न चाहँदैनन् र हामी यसैबाट अघि बढ्नेछौँ ।’ उनले भने ।








