काठमाडौं । गायक प्रमोद खरेल र गायिका अञ्जु पन्तको स्वर रहेको ‘उडायो पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा बाल के. न्यौपानेको शब्द तथा संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय रहेको छ ।
सुबोल थापाको छायाँकन रहेको उक्त भिडियोमा सिरेन बरालकाे नृत्य निर्देशन र दीपक गिरीको सम्पादन रहेको छ ।








