चितवन । हेल्प फर हेप्पिनेसको आयोजना आज (शनिवार) कालिका नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनको कालिका नगरपालिका सहिद स्मृति कलेज पदमपुर शाखा कालिका ४ मा भएको बृहत खुल्ला मेयर रक्तदान कार्यक्रममा महिला र पुरुष गरी २७ जनाले रक्तदान गर्नु भएको थियो ।
कालिका नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेल्प फर हेप्पिनेस का चितवन अध्यक्ष रमन वाग्ले लाई ब्लड ब्याग दिइ कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
मेडिकल सिटीको रुपमा चिनिने चितवन जिल्लामा रगतको अभाव हुँदै गएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको र चितवनमा देशका विभिन्न जिल्लाबाट तथा छिमेकी देश भारतबाट पनि बिरामीहरु उपचारका लागी आउने भएकाले रगतको कमि हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष रमन वाग्लेले जानकारी गराउनु भयो।








