काठमाडौं । चर्चित गीत ‘फूलबुट्टे सारी’ अफ्रिकी गायिकाले पनि गाएकी छन् । युगान्डाकी गायिका वियोन्से फ्यामेसीले ‘फूलबुट्टे सारी’ गाएकी हुन् ।
उक्त गीत गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको छ । गीतमा ५३ हजार भ्यूज नाघिसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्। उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ।
भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो। यसअघि यो गीत गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठले गाइसकेका छन् ।








