हेटौंडा । हेटौंडा उपमहानगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको छनौट यही चैत्र २६ र २७ गते हेटौडाको हुप्रचौरमा हुने भएको छ । हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको अध्यक्षतामा सरोकारवालाहरुको बैठकले नगर छनौट चैत्र २६ र २७ गते गर्ने निर्णय गरेको हो ।
प्रत्येक पालिकाबाट छनौट भई टीम आए पछि जिल्ला प्रतियोगिता हुने भएकाले नगर छनौट ढिलो हुँदा जिल्ला प्रतियोगिता पनि प्रभावित भएको छ । २७ गते देखि गर्ने भनिएको जिल्ला प्रतियोगिता अव २९ गतेबाट सन्चालन गर्ने जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराले जानकारी दिए ।
हेटौडा उपमहानगरपालिकाले निर्धारित सयममै छनौट गर्न नसक्ने भए पछि जिल्ला प्रतियोगिता दुई दिन पछि यही चैत्र २९ गते देखि सन्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।








