हेटौंडा । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा आजबाट अन्तर शहर चेस प्रतियोगिता २०७७ हुने भएको छ ।
चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । स्वीस लिग प्रणालीमा सात चरणसम्म हुने प्रतियोगितामा देशभरका १८ वटा शहरको सहभागिता रहने हेटौंडा चेसका क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए ।
प्रत्येक टोलीमा चारजना नियमित खेलाडी तथा एकजना वैकल्पिक र एकजना व्यवस्थापक गरी ६ जनाको सहभागिता रहने उनको भनाई छ । प्रतियोगिताको विजेताले नगद दुईलाख ५० हजार, उपविजेताले एकलाख ५० हजार, तेस्रो हुनेले ५० हजार, चौथो र पा“चौ हुनेले क्रमशः ३० र २० हजार रुपैया“ प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ प्रत्येक बोर्डका उत्कृष्ट खेलाडीलाई जनही नगद दश हजार रुपैया“ प्रदान गरिनेछ ।








