काठमाडौँ । थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको यू-२३ टिमसँग खेल्न लागेको हो । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली मैदानमा उत्रनेछ । नेपालको यो पहिलो खेल हो । नेपाललाई आज फाइनलमा स्थान बनाउने अवसर पनि छ । जित हासिल गरे नेपाल र बंगलादेश फाइनल खेल्नेछन् । बराबरीको हकमा भने नेपालले अन्तिम खेलमा हार टारेमात्र पनि फाइनलमा स्थान पक्का गर्नेछ ।
यसअघि पहिलोखेलमा किर्गिस्तानलाई बंगलादेशले पराजित गरेको थियो । नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।








