बाँके विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस ( काेभिड – १९ ) ले गर्दा नेपाल सहित विश्वका धेरै देशहरूमा अहिले लकडाउन भइरहेको छ । नेपालमा मिति २०७६ साल चैत ११ गते मंगलबार बिहान ६:०० बजेदेखि अहिलेसम्म लकडाउन भइरहेको छ । अहिले नेपालकाे ७७ वटै जिल्लाकाे विभिन्न ठाउँमा राहत वितरण भइरहेको छ ।
सामाजिक अभियान्ता निराज रानाभाट…
नेपालकाे प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ नयाँ बस्ती क्रिकेट मैदान सुकुम्बासी निवासी माग्या सार्कीकाे घरपरिवार अहिले केही राहत पाएका छन् । सामाजिक अभियान्ता निराज रानाभाटकाे पहलमा माग्या सार्कीको घर परिवार राहत पाएका हुन् । माग्या सार्कीको घर परिवारले २० किलोग्राम चामल र दुई किलोग्राम दाल पाएका छन् । माग्या सार्कीको घर परिवारमा श्रीमती , एउटा छाेरा र एउटी छाेरी रहेको छन् , छाेरा भने अहिले भारतकाे सिम्ला शहर मजदुर काम गर्ने गर्छन् । माग्या सार्की भने आफ्नो घर नजिकको सडक पेटीमा जुत्ता र चप्पल सिलाउने काम गर्छन् । अहिले नेपाल लकडाउन भइरहेको कारणले माग्या सार्की काम गर्न पाएका छैन ।
सुरेन्द्र सार्कीले गरेका गुनासो….
केही दिन अगाडि माग्या सार्कीकाे छाेरा सुरेन्द्र सार्कीले भारतकाे सिम्ला शहर बाट सामाजिक अभियान्ता निराज रानाभाटलाई सामाजिक संजाल फेस्बुकमा नेपालमा आफ्नो घरपरिवारले राहत नपाएको गुनासो गरेको थिए । साथै नेपालमा आफ्नो खेतबारी नभएको बुबाआमा बृद्ध भइसक्नु भएको आमा समयसमयमा बिरामी भइरहनु भएको आदि कुराकानी समेत गरेका थिए । त्यसपछि सामाजिक अभियान्ता निराज रानाभाटले बाँके जिल्लाको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ काे वडा अध्यक्षसँग कुराकानी गर्नुभएको थियो । साथै सामाजिक अभियान्ता निराज रानाभाटले माग्या सार्कीसँग समेत कुराकानी गर्नुभएको थियो ।
केही दिनको राहत पाएपछि परिवारमा यस्तो खुसी…
राहत पाएपछि अहिले माग्या सार्कीको घरपरिवार खुसी भएका छन् । भारतकाे सिम्ला शहर बाट सुरेन्द्र सार्कीले सामाजिक अभियान्ता निराज रानाभाटलाई सामाजिक संजाल फेस्बुकमा हजुरलाई धेरै धन्यवाद सर भनेका थिए । आफ्नो पहलमा बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ नयाँ बस्ती क्रिकेट मैदान सुकुम्बासी निवासी माग्या सार्कीको घरपरिवारले राहत पाएकामा सामाजिक अभियान्ता निराज रानाभाटज्यूू खुशी हुनुभएको छ ।
यदि अझै पनि नेपालकाे ७७ वटै जिल्लाको विभिन्न ठाउँमा बस्नु भएका व्यक्तिहरुले राहत तथा अत्यावश्यक सामग्रीहरु पाउनु भएको छैन भने सामाजिक अभियान्ता निराज रानाभाटज्यूूलाई ९८४५४२२५०२ अथवा ९८०९१८९१११ मा सम्पर्क सक्नुहुन्छ । सामाजिक अभियान्ता निराज रानाभाट अझै पनि आफूले आफ्नो व्यक्तिगतबाट अथवा स्थानीय निकायलाई वा सरकारी निकायलाई सम्पर्क गरेर राहत तथा अत्यावश्यक सामग्रीहरु नपाएका व्यक्तिहरुलाई सहयोग गर्ने बताउनुभएको छ ।








