चितवन । चितवनमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुने भएको छ ।
चैत्र २१ गतेबाट कालिका ४ को क्याम्पस खेल मैदानमा फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका बिजेताहरुले क्रमशः प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रहने गरि प्रतियोगिता राख्न लागेको स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पुर्ण चौधरीले बताए ।
“प्रथम कालिका गोल्डकप” नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई बाई साइकलको समेत व्यवस्था गरिएको छ । यसअघि पनि मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरपालिकाले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको थियो ।








