काठमाडौं । लोकप्रिय सर्जक एवम् गायक दामोदर भण्डारीको ‘फुल राम्रो रातै हो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय चर्चित गायक गायिका दमोदर भण्डारी र तुलसि धर्ति मगरको निकै सुमधुर आवाज रहेको छ । भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको गीतमा डोल राजले संगीत संयोजन रहेको छ । निकै मिठो सुमधुर आवाजमा धनि भण्डारीको केही समय अघि वजारमा आएको गीत ‘छुर्पि चौरी गाईको’ टिकटकदेखी युटुवमा निकै भाईरल भएको थियो भने भण्डारीको चर्चा निकै चुलिएको थियो ।
गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । चर्चित म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ, सृर्जना किराती, रोशन गैरे, सपना रावत लगायतको अभिनय रहेको छ ।
भिडियोमा राजेश घिमिरेको छायाकंन तथा दिपक विष्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियो Damodar Bhandari को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।








