सांकेतिक तस्विर
इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका-२ मा एकजनाको हत्या भएको छ । सुतेको ठाउँमा सुँगुर मार्ने झिरले रोपेर स्थानीय केशव कार्कीको हत्या भएको हो ।
हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो रिसिइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








