काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एमालेको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोबारे ध्यानाकर्षण गराउँदै मंगलबार पत्र पठाएका हुन् । एमालेको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षले यसअघि नै समर्थन फिर्ता लिएको बताएपनि खनाल नेपाल पक्षले समर्थन रहेको बताएको थियो ।
अब प्रदेशसभामा बहुमत कायम राख्न माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री शाहीलाई चुनौति थपिएको छ ।









