काठमाडौँ । गायक रवि ओड र गायिका समिक्षा अधिकारीको ‘पाउडर किरिममा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् ।
मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य ‘मुन्नी’ र संझना खत्री फिचर्ड छन् । भिडियोमा विकास ज्ञवालीको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको छ ।








