हुम्ला । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका-३ बस्ने २७ वर्षीय पदम शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा जबरजस्ती करणी गरेको महिलाको बयान छ । जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।








