हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
लेष्टरको मैदानमा सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र ग्राबियल जिससले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको हो । खेलको ५८ औं मिनेटमा बेन्जामिनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । जितसँगै सिटीले उपाधि होड थप बलियो बनाएको छ । सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ । लेष्टर ३० खेलमा ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।








