भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोश्रो डोज लिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) मा गएर दोश्रो डोजको खोप लगाएको जानकारी दिएका छन् । उनले पहिलो डोजको खोप फागुन १७ गते लिएका थिए ।
कोरोनालाई परास्त गर्ने उपायहरुमध्ये एक खोप रहेको भन्दै प्रधानमन्त्री मोदीले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् । हाल भारतमा तिव्र रुपमा कोरोन महामारीको दोस्रो लहर चलेको छ ।








