काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबारै सोही स्थानमै ९ र पर्सामा १ जनामा संक्रमण देखिएको छ । योसँगै एकैदिन १६ जनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको कुल संक्रमित ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
६ जनामा नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो
बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो
- अ
- अ
- अ








