हेटौंडा । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्ध माबिले जितेको छ । सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो ।
यस्तै बकैयाकै महेन्द्र मावि प्रतियोगितामा दोस्रो भएको छ । महेन्द्र माविले ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक हात पारेको छ । तेस्रो भएको थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । ०७४ र ०७५ मा लगातार जनक माविले शिल्ड लगेको भए पनि यस पटक बुद्धले जितेको हो ।
जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो । प्रतियोगितामा भलिवल, कव्वडी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका अध्यक्ष आदरणीय दाई रघुनाथ खुलाल, बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सुर्यलाल भन्डारी लगाएतले पुरस्कार वितरण गरेका थिए । गत वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता स्थगित भएको थियो ।








