• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

उपचार नपाएरै गुम्यो महिला खेलाडीको आँखाको ज्योति

  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ । आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका-५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो । कोरोना भाइरस संक्रमणको आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनदिन आइसोलेसनमा राखिदिएपछि उनको चोट लागेको आँखाको उपचार समयमा हुन पाएन ।

    बुवा दलबहादुरका अनुसार बारीमा सिमल तरुल खन्ने क्रममा वैशाख १२ गते उनको आँखामा चोट लागेको थियो । ‘चोट लागेको बेला त्यति समस्या भएन,’ उनले भने, ‘भोलिपल्ट दुख्न थालेपछि नजिकैको स्वास्थ्य चौकीमा लगियो । रामपुर ठोक्सिला स्वास्थ्य चौकीले आँखाको नानीमा चोट रहेको भन्दै थप उपचारका प्रतिष्ठान रेफर गरिदियो।’

    आँखाको दुखाईसँगै शरीरको तापक्रम बढ्दै गएपछि प्रतिष्ठानका चिकित्सक हच्किए । बिरामीलाई ज्वरो आएको भनेर कोरोना भाइरस संक्रमणको आशंका गर्दै आँखाको उपचार गर्न मानेनन् । ‘डाक्टरले छोरीलाई तीन दिन आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिए,’ दलबहादुरले भने, ‘आँखाको दुखाई सहन नसकिरहँदा उपचार थाल्नु पर्ने अवस्थामा आइसोलेसनमा राख्न बाध्य भइयो ।’ त्यसपछि चिकित्सकले नमुना संकलन गरेर परीक्षणका लागि लिएर गए । तीन दिनपछि कोरोना रिपोर्ट नेगेटिभ आयो ।

    त्यसपछि प्रतिष्ठानले आँखाको नानीमा समस्या रहेको जनाउँदै विराटनगरको विराटनगर आँखा अस्पतालमा वैशाख १८ गते बिहीबार रेफर गरिदिएको किशोरीका बुवा दलबहादुरले बताए।

    प्रतिष्ठानले उपचारका लागि पठाउँदा आँखामा चोट लागेकै ६ दिन वितिसकेको थियो । आइसोलेसनको बसाई र सीमित औषधि मात्रै सेवनका कारण समीक्षाको तत्काल गर्नुपर्ने आँखाको उपचार भने जस्तोहुन पाएन । सुधार हुनुपर्ने आँखामा समस्या थपिँदै गयो ।

    विराटनगर आँखा अस्पताल ल्याएर उपचार थालिए पनि चिकित्सकले दृष्टि गुमिसकेको जानकारी गराएका छन् । उपचारमा संलग्न चिकित्सक विवेक आचार्यले आँखाको  नानीमा नराम्ररी चोट लागेको र उपचारमा ढिलाई हुँदा दृष्टि गुमेको जानकारी दिए । ‘आँखाको नानीमा चोट लाग्दा जति सक्दो छिटो उपचार गर्नुपर्ने ठाउँमा चोट लागेको एक सातापछि मात्रै उपचार सुरु भयो,’ उनले भने, ‘उपचारमा ढिलाई भएकै कारण दृष्टि फर्कने सम्भावना लगभग सकिएको छ ।’ डा.आचार्यले आँखाको नानी जोगाउन गाह्रो रहेको अवस्थामा अझै पनि उपचार गरेर गुमेको ज्योति फर्काउनका लागि परिवारका सदस्यसँग छलफल गरेर धेरै प्रयास भइरहेको जानकारी दिए ।

    ‘उदयपुरबाट आएको बिरामी भन्नासाथ मुख्य समस्यालाई ध्यान नदिइकन प्रतिष्ठानले आइसोलेसनमा राखिदियो । त्यहाँमाथि दुखाईको पीडाले छोरीको शरीरको तापक्रम पनि बढ्दै गयो । आँखामा समस्या भएको बिरामीलाई आइसोलेसनमा राखिएपछि उपचारमा समस्या भयो,’ दलबहादुरले भने, ‘आँखाको उपचार नै रोकियो । बरु सुरुमै आँखा अस्पताल जानु भनिदिएको भए ढिलो हुने थिएन । छोरीको दृष्टि पनि गुम्ने थिएन ।’

    स्थानीय लिटिल स्टार स्कुलको कक्षा ८ मा अध्यनरत समीक्षा फुटबल खेलाडी हुन् । स्थानीय तहदेखि काठमाडौंमा आयोजित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी छन् ।

    महिला फुटबल प्रशिक्षक भगवती रानामगरले समीक्षाको उपचारमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । ‘विभिन्न प्रतियोगितामा खेल्दै आएकी समीक्षाको पछिल्लो अवस्था निक्‍कै दर्दनाक बन्यो । अग्रपंक्तिमा खेल्ने उनको सम्भावना निक्कै राम्रो थियो,’ प्रशिक्षक रानागरले भनिन् , ‘मेरै प्रशिक्षणबाट उनले निक्कै छिटो खेल कौशल विकास गरेर लगेकी थिइन् । तर आज नियतिले ठगेपछि आँखाको चोटका कारण भविष्य के हुने हो भन्ने अन्योल छ ।’

    उनले नेपाली फुटबलमा निक्कै सम्भावना बोकेकी समीक्षाको उपचारमा सहयोग गरेर खेल क्षेत्रको सम्मान गरिदिन आग्रह गरिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएसँगै उनको उपचारमा पैसाको पनि अभाव हुन थालेको प्रशिक्षक रानामगरको भनाइ छ । उपचारमा सहयोग पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) र स्थानीय क्लबहरुले सहयोग संकलन गर्न थालेका छन् । शुक्रबार एन्फाका तर्फबाट सहायक महासचिव बसन्त अर्यालले २५ हजार रुपैयाँ हस्तान्तरण गरे । विराट सांग्रिला स्पोर्टिङ क्लबले समेत २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको क्लबका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले बताए ।

    ज्वरो आएको भनेर कोरोनाको आशंका गर्दै प्रतिष्ठानले आइसोलेसना राखिदिँदा समय खेर गएर आँखाको उपचार समयमा हुन नपाएको अधिकारीको भनाइ छ । उनले अहिलेको अवस्थामा ज्वरो आउनासाथ कोरोनाकै शंकाले हेर्ने अस्पतालको संस्कारले सर्वसाधारणलाई समस्या पर्दै गइरहेको बताए ।

    उदयपुरमा हालसम्म नेपालमै सबै भन्दा बढी २८ जनामा कोरोना संक्रमण भेटिएको छ । उदयपुरका बिरामी आउनसाथ सबै जसो अस्पतालले शंकास्पद रुपमा हेरिदिने र अरु समस्या हुँदा उपचार गर्न अस्वीकार गर्ने तथा यो वा त्यो बहानामा ढिला गरिदिने परिपाटी बढेको अधिकारीको भनाइ छ । समीक्षाका एक दाइ र एकजना दिदी छन् । परिवार खेती किसानीमा आश्रित छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.