बारा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक नवजनजागृति युवा क्लब र बागमती गाउपालिकाबीच हुनेछ ।
सिमरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा यसबर्ष मोफसलका सात, ए डिभिजनका चार र एक विदेशी गरी १२ टिमको सहभागिता रहेको छ ।
यस वर्ष साविक उपबिजेता त्रिभुवन आर्मी फूटवल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, अफ्रिकन रुट्स एसोसिएसन, सुदुरपश्चिम–११ धनगढी, भरतपुर फूटवल क्लब, बागमती युवा क्लब, वीरगन्ज युनाईटेड क्लब, बागमती गाउपालिका खेलकुद विकास समिति, विजय युथ क्लब र आयोजक क्लबले खेल्नेछन् ।
खेलाडी नभएको कारण देखाउदै साविक विजेता थ्रीस्टारसहित ए डिभिजनका केही क्लबले प्रतियोगितामा सहभागि नभएको आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगीको रुपमा रहेको प्रतियोगिता बैशाख ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।








