मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा तल्लीन भइनेछ। संगीतमा रुचि बढ्नेछ। पारिवारिक काममा प्रगति हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनको विषयमा कलह हुनेछ। स्त्रीवर्गसंग विरोध हुनेछ। शंकाले माया प्रेममा बाधा पार्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी काममा जोस जागर बढ्नेछ। हिडडुलमा खर्च बढी हुनेछ। दाजुभाइमा मित्रता बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भोजनमा खर्च बढ्नेछ। मिठो बोलीवचनले साथ दिनेछ। आफन्तको सुख मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा अनावस्यक चिन्ता हुनेछ। रोजगारीको काममा साथ मिल्नेछ। मित्रसँग यात्रामा रमाइलो हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरसामान हराउन सक्नेछ। आफन्तसँग सापटी लिनु पर्नेछ। किनमेलमा खर्च हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भोगविलासको मोह जाग्नेछ। व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा प्रशंसा मिल्नेछ। राजनीतिक अधुरा काम बन्नेछन्। ठुलाबडाले साथ दिनेछन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक फाइदा मिल्नेछ। सामाजिक काममा रुचि जानेछ। अधुरा काम सुरु हुनेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगानीको काममा अलमल हुनेछ। विरोधीसंग विवाद हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक यात्रा हुुनेछ। साझेदारी काम बन्नेछ। प्रेममा प्रगति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा सुधार हुनेछ। प्रतिष्पर्धामा जीत मिल्नेछ। रमाइलोमा बढी खर्च हुनेछ।








