काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनिर सन्दस्प लामिछानेले टी–ट्वान्टीमा १०० खेलको आँकडा पुरा गरेका छन् । उनले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज क्रिकेटमा मलेरियाविरुद्ध मैदान उत्रिदैँ यो आँकडा पुरा गरेका हुन् ।
सन्दीप टी–ट्वान्टीका सयौं खेल खेल्ने नेपालका पहिलो खेलाडी समेत बनेका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरीका टी–ट्वान्टीका ७५ खेल खेलेका छन् । सन्दीपले टी–ट्वान्टी अन्तर्राष्ट्रियका २४ खेलमा ४२ विकेट लिएका छन् । त्यस्तै अन्य टी–ट्वान्टी खेलमा ९१ विकेट लिएका छन् ।








