• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलाली । कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् ।

    ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताइन् ।

    “मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उनले भनिन्, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताइन् ।

    उनले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताइन्। “किसानले समयमा चल्ला पाएनन् त्यसले कुखुरा अभाव भयो”, रावलले भनिन्, “ब्रोइलर कुखुराको मासुको माग बढ्दै गएको र पूर्ति गर्न उत्पादन नभएकाले दैनिक मासुको मूल्य बढ्दै गएको हो ।

    अभाव हेर्दा अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” बजारमा ब्रोइलर अभाव भएसँगै बिक्री मूल्यमा एकरूपतासमेत छैन । बजारमा मासु उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा रु ३८० देखि ४२० सम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताइन् । ‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्थापन ऐन निर्माण गरिसकेको छ ।

    ऐन अनुसार प्रक्रियामा जानेछौँ’’, उपप्रमखु विष्टले भनिन्, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजारमा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही ब्यापारीलाई कारवाहीको दायरामा समेत ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउनेलाई कारवाही गर्ने बताइन् ।रासस

    विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
    तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
    सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.