काठमाडौँ । अमेरिकामा रहेका गायक चन्द्र लावारले नयाँ सांगेतिक कोशेली ‘किन होला’ सार्वजनिक गरेका छन्। मेलोडियस यस गीतमा थुप्रै चर्चित गीतहरुमा आफ्नो स्वर दिएका गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीको रहेको छ ।
गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसी फिचर्ड छन्। राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् ।
विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।








