काठमाडौं । चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र शब्दमा रहेको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको रहेको छ ।
प्रेमिल शैलीको यस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी फिचर्ड छन्। प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी छिन् ।
गायिका लाम्गादे गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।








