चितवन । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (सोमबार) एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दैछन् । चितवन र ललितपुरबीचको खेल आज साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
एनएसएलमा चितवनको यो पहिलो खेल हो । यसर्थ आजको खेलमा जित हात पार्दै चितवन लिगमा सु:खद सुरुवात गर्ने दाउमा रहेको छ । उता पहिलोमा पराजित भएको ललितपुर आज जित हात पार्दै ३ अंक जोड्ने दाउमा छ । ललितपुर यस अघि आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।
चितवन भरत खवासको कप्तानीमा मैदान उत्रदैछ भने ललितपुरको कप्तानी अन्जान बिष्टले गर्दैछन् । भरत खवासको कप्तानीमा मैदान उत्रदैछ । ललितपुर यस अघि आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो । चितवनको भने यो पहिलो खेल हो । दुई इजिप्ट र एक सर्बियन खेलाडी क्लबमा भित्रयाएको चितवनको टोली बलियो देखिएको छ ।
चितवनले भित्र्याएका विदेशी खेलाडीमध्ये ३४ वर्षिय सर्वियन खेलाडी गोरान जोर्कोविच भने अन्तराष्ट्रिय फुटबलमा अनुभवी रहेका छन् । उनले सन् २००८ मा सालावरियाबाट युरोपा लिग समेत खेलिसकेको अनुभव छ । यस्तै उनले एशियाका विभिन्न शिर्ष डिभिजनदेखि एएफसी च्याम्पियन्स लिग समेत खेलेका छन् ।








