काठमाडौं ।बजेट अधिवेशन सुरू हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरिएका सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । उनीहरू सबैको रिपोर्ट दिउँसो ४ बजेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने भएको छ ।
संसद बैठक अघि पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यबस्था समितिको निर्णयअनुसार हिजो संसद अन्तर्गत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । साभार : इमेजखबर
सांसद र संसद सचिवालयका ४ सय ४१ जना कर्मचारीको कोरोना नेगेटिभ
सांसद र संसद सचिवालयका ४ सय ४१ जना कर्मचारीको कोरोना नेगेटिभ
- अ
- अ
- अ








