• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा छैन अक्सिजनको अभाव, ठूला अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट

  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् । ती अस्पतालले अहिले कोभिडको उपचार गरिरहेका छन् । यसका अतिरिक्त भरतपुर महानगरपालिका–१ रामनगरमा स्वर्गद्वारी अक्सिनन प्लान्ट रहेको छ । नवलपरासीको परासीमा रहेको शङ्कर अक्सिजन ग्यास र परवानीपुरमा रहेको भाजुरत्नको अक्सिजन ग्यास पनि यहाँ आउने गर्दछ ।

    यहाँ उत्पादन भएको ग्यासको ४० प्रतिशत हाराहारी उद्योगमा खपत हुने गरेको छ । अभाव हुँदै गएमा उद्योगमा पठाउने अक्सिजन रोक्न सकिने तिवारी बताउनुहुन्छ । अक्सिजन उद्योगलाई उद्योगमा पठाइएका सिलिन्डर फिर्ता ल्याउन भनिएको छ । तिवारीले भन्नुभयो, “सरसर्ती हेर्दा अहिले हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

    निजी क्षेत्रबाट अक्सिजन उत्पादन गर्दै आएको स्वर्गद्वारी अक्सिजन प्लान्टका निर्देशक निरञ्जन न्यौपानेले जिल्लामा अहिले पाँच हजारभन्दा बढी सिलिन्डर रहेको जानकारी दिनुभयो । ठूला ४७ लिटरका र साना १० लिटरका सिलिन्डर बढी प्रयोगमा आउने गरेका छन् । केही मध्यम खालका पनि रहेको उहाँले बताउनुभयो ।

    सेन्ट्रल अक्सिजन सप्लाई भएकाले धेरैले ठूला सिलिन्डर प्रयोग गर्ने गरेका छन् । आफूले उद्योगमा पठाएका सिलिन्डर फिर्ता मागेको भन्दै उहाँले भन्नुभयो, “उद्योगबाट सिलिन्डर फिर्ता आइरहेका छन् ।” सो उद्योगले भैरहवा, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा अक्सिजन पठाउँदै आएको थियो । हाल भने पठाउन रोकिएको उहाँको भनाइ छ ।

    यहाँको भरतपुर अस्पतालमा आफ्नै प्लान्ट छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार ६० प्रतिशत आफ्नै उत्पादनले धान्ने गरेको छ । नपुग निजी क्षेत्रबाट ल्याउने गरिएको छ । दैनिक ५० सिलिन्डर भरेर ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालसँग एक सयभन्दा बढी सिलिन्डर रहेका छन् । हालै मात्रै प्रदेश सरकारले ४३ सिलिन्डर पठाएको तिवारी बताउनुहुन्छ । एकसय ५० हाराहारी बिरामीलाई अक्सिजनको अभाव नहुने उहाँको भनाइ छ ।

    चितवन मेडिकल कलेजले आफैँ अक्सिनन उत्पादन गर्दै आएको छ । प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार ३०० जनासम्मलाई आफ्नै उत्पादनले धान्न सक्छ । अस्पतालमा चालु अवस्थाका र खाली सिलिन्डर जगेडाका रुपमा समेत राखिएको देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समस्या नआएमा हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

    कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले लगानी गरेको गैँडाकोटको सिद्धिविनायक अक्सिजन उद्योग रहेको छ । सो उद्योगले आफू र अन्य क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्दै आएको छ । उद्योगको ८० प्रतिशत खपत चितवनमा हुन्छ । यहाँका अस्पताल, एम्बुलेन्स, निजी अस्पताललगायत भाजुरत्न र शङ्कर उद्योगले अक्सिजन उपलब्ध गराउँदै आएका छन् ।

    केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवालाले उद्योग र सप्लायर्सको अनुगमन गरेको थियो । सो क्रममा चिकित्सकको प्रेस्किप्सन विना घरमा सिलिन्डर राख्ने गरी बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । यसैगरी उद्योगमा गएका सिलिन्डर फिर्ता ल्याउन र मेडिकल क्षेत्रलाई प्राथमिकता दिन भनिएको छ ।

    प्रजिअ प्रेमलाल लामिछानेले तत्कालका लागि जिल्लामा अक्सिजनको अभाव नभएको बताउनुभयो । आफ्नै नेतृत्वमा स्थलगत निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिइएको उहाँले जानकारी दिनुभयो । घरमा राखिएका सिलिन्डरमध्ये जगेडामा राखिएकालाई फिर्ता माग्न सम्बन्धित उद्योगी र सप्लायर्सलाई निर्देशन दिइएको उहाँ बताउनुहुन्छ । उद्योगको उत्पादन राम्रो भएको तर बिरामीको चाप बढ्दै गएमा सिलिन्डर भने थप आवश्यक पर्ने उहाँको भनाइ छ । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.