काठमाडौँ । फुलहम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा बर्नलीसँग २-० ले पराजित भएसँगै फुलहम दोस्रो डिभिजनमा घटुवा भएको हो । खेलको ३५औं मिनेटमा एस्ले वेस्टवुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाए ।
४४औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नलीलाई २०को जित दिलाए । प्रिमियर लिगमा बढुवा भएकै सिजन फुलहम रेलिगेसनमा परेको हो । फुलहमको रेलिगेसनसँगै प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने सबै तीन टोलीको टुंगो लागेको छ ।
यसअघि प्रिमियर लिगबाट वेस्ट ब्रोम र सेफिल्ड युनाइटेड रेलिगेसमनमा परिसकेका छन् । जितसँगै १४औं स्थानमा रहेको बर्नलीले ३५ खेलमा ३९ अंक जोडेको छ । पराजित फुलहम २७ अंक जोडेर १८औं स्थानमा छ ।








