काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।
योसँगै कुल सक्रतिमको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । आइतबार ५ हजार २२५ हजार निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
आज कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।









