काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्बीसुब्बा गुरुङ नियुक्ती भएका छन् । बुधबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समय भित्र चारदलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पुर्याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुनः गुरुङलाई नै नियुक्त गरेकी हुन् ।
उनको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने कार्यक्रम रहेको स्रोतले बतायो ।








