• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका अस्पतालमा शैया भरिएपछि डा. भोजराज अधिकारीका सात सुझाव

  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाईरस (कोभिड १९) संक्रमितले चितवनका अस्पतालमा शैया भरिंदै गएपछि डा. भोजराज अधिकारीले सात सुझाव सुझाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत् सहजै गर्न सकिने सात सुझाव दिनु भएको हो । जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुको समन्वयमा गर्न सकिने यी सुझाव कार्यान्वयन गर्ने हो भने कोभिडका संक्रमितहरुलाई बचाउन सकिने देखिन्छ ।

    उहाँले पिसिआर रिपोर्ट आउनासाथ रिपोर्टसँगै होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यस्तो अवस्थामा नजिकको स्वास्थ्यकर्मी र एक डाक्टरसँग नियमित परामर्शमा रहने र संक्रमणमुक्त नभएसम्म परामर्शमा रहने स्वास्थ्यकर्मीले निगरानी गरिरहनुपर्ने उहाँको भनाई छ । कुनै लक्षण देखिएमा अस्पताल पठाउने र त्यसको समन्वय स्थानीय पालिकाले गर्ने गरेमा जटिल बन्नबाट केही हदसम्म टाढा रहन सकिने उहाँको सुझाव छ ।

    उहाँले लेख्नु भएको छ “पिसिआर पोजेटिभ आउनासाथ रिपोर्टसँगै होम आईसोलेसन ठेगानाको नजिकको एक स्वास्थ्यकर्मी र एक डाक्टरको नाम पनि बिरामीले पाउने र आफ्नो कोभिड कोर्षभरी उनीहरुसँग बिरामी परामर्शमा रहने । लक्षण आए उनीहरुकै समन्वयमा अस्पतताल पठाउने र यसको समन्वय पालिकाले गर्ने । ”

    यस्तै उहाँले पालिका अन्तर्गतका स्वास्थ्यका स्थायी संरचनामा अक्सिजनसहितको प्राविधिक सेवा थप गरी माईल्ड टु मोडरेट बिरामी राख्ने व्यवस्था गर्नु पर्ने सुझाव दिनुभएको छ । उहाँले अगाडि लेख्नुहुन्छ “कोभिड आईसोलेसन सेन्टर बनाईहाल्ने । त्यहाँ गम्भीर भए ठूला अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाउने ।”

    त्यसैगरी तत्काल कोभिड उपचार गर्ने अस्पतालहरुको एक÷एक घण्टामा अपडेट हुने व्यवस्था गर्ने र बेड खाली भए नभएको हेर्न मिल्ने मेकानिजम बनाउन उहाँले सुझाव दिनुभएको छ । उहाँले प्रहरीको १०० नम्बर जस्तै एउटा नम्बर राखेर कलसेन्टर मार्फत् बेड बारे बुझने र खाली भएको अस्पतालसँग समन्वय गरेर मात्रै अस्पताल आउने गर्दा अलमल र समयको नोक्सानी नहुने सुझाव दिनुभएको छ ।

    यस्तै अस्पतालको अधिकतम क्षमतामा भएका भेन्टिलेटर, एचएचएनसि, अक्सिजन सिलिण्डर र आवश्यकता सहितको स्वेतपत्र जारी गरी त्यसको व्यवस्थापनको समन्वय जिल्ला प्रशासनले गर्ने व्यवस्था मिलाउन पनि डा. अधिकारीको आग्रह छ ।

    मृत्यु भएकाहरुको प्रत्येक हप्ता कारणसहितको मृत्युदरको अडिट गर्ने व्यवस्था मिलााउने पनि उहाँले सुझाउनु भएको छ । राम्रो हुँदै गएर अक्सिजन लाउन नपरे पनि १० दिनमा पिसिआर पर्खेका वा दोहोराएर पिसिआर गर्दा फेरी पोजेटिभ आएर घर जान नमान्नेलाई योगा लगायत वैकल्पिक सेन्टरमा राखेर मनोबल बढाउने क्रियाकलाप गर्ने पनि डा. अधिकारी बताउनुहुन्छ । उहाँले लेख्नु भएको छ “त्यसो गर्दा अस्पतालका बेड छिटो खाली हुन सघाउ पुग्छ ।”

    मुख्य कुरा यस्तो महामारीमा ज्यान जोखिम मोलेर काम गर्ने स्वास्थयकर्मीहरुलाई हतोत्साहि र मानमर्दन हुने काम कतैबाट हुन नहुने बताउँदै उहाँले लेख्नु भएको छ “सकिन्छ जोखिम भत्ता लगायत बीमा सहितको राहत प्याकेज राख्ने ।”

    डा. अधिकारीले यी सुझावहरु धेरै ठाउँमा राखेरको र छिटो कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभएको छ ।

    सुझावसँगै उहाँले अस्पतालहरुको अवस्थाबारे पनि चित्रण गर्नुभएको छ । जटिल खालका कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर भरतपुरले थप शैयाको व्यवस्था गरी १४५ बाट २०० पु¥याउने तयारी गरेको उहाँले उल्लेख गर्नुभएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएको डा अधिकारी लेख्नुहुन्छ “कोभिडको पहिलो लहरपछि करिबकरिब खाली भइसकेपछि पुनः पहिलेकै सेवामा फर्कन थालेको भरतपुर अस्पतालमा आइसियूसहित शैया बढाउनुपर्ने बाध्यता छ । चितवन बाहिरबाट पनि दैनिक एकसय जनाको फोन आइसियूसहितको शैया खाली छ कि छैन ? भनेर आउने गरेको छ ।” विशेष गरेर बाँके, दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर र पर्सा लगायतका २२ जिल्लाबाट फोन आईरहेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभएको छ “शतप्रतिशत शैया भरिएका छन् र खाली हुन कि त बिरामीको मृत्यु हुनुप-यो, कि त बिरामी ठीक हुनुप-यो ।” बिरामीका आफन्तले सोधे पनि निरुत्तर हुन बाध्य भएको उल्लेख गर्दै उहाँले “त्यति टाढाबाट ल्याउन बेड खाली छ भनियो भने आधा घन्टामा नजिकका तीन एम्बुलेन्स बेड ढुकेर अस्पतालको गेटमा पहिल्यै हुन्छन्, कसरी खाली छ भन्नू ।” अन्धाधुन्ध ल्याउन भने पनि बाटोमै बिचल्ली वा आएर अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ “सेवा र क्षमता बढाऔँ अक्सिजन पहिलाभन्दा ६ गुना माग बढ्यो । तर पाउने स्रोत उही छ । त्यसले गर्दा समस्या सिर्जना भएको छ ।”

    पछिल्लो समय एउटै परिवारको सदस्य पनि एक जना आइसियूमा एकजना एचडियूमा एकजना जनरल बेडमा र एकजना घरमा अक्सिजन लिएर बसिरहेको अवस्था रहेको चित्र प्रस्तुत गर्दै उहाँले लेख्नु भएको छ “घरको एउटा सदस्यको मृत्यु हुन्छ, अर्को त्यही रोगले भर्ना भएको सदस्यलाई कसरी भन्नू ? दर्दनाक पीडा छ ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.