गजल (नेताहरू)
जनताको स्वास्थ्य माथि खेलवाड गर्न लर्दैछन् नेताहरू
स्वार्थको लागी एउटा छाडी अर्को तिर सर्दैछन् नेताहरू
महामारि भएको छ देशमा जनता मरेका छन् अभावमा
कमिसनको लोभमा परि यता र उता चरदैछन् नेताहरू ।
तपाईहरू कै लागी हो भनि जनतालाई आश्वासन बाँडि
निर्वाचनमा चन्दा दिनेहरूको फन्दामा पर्दैछन् नेताहरू ।
पाटि चलाउन र चुनाव खर्च भनि धम्काई मागे चन्दाहरू
चन्दा दिनेहरूकै हितमा लागि परि काम गर्दैछन् नेताहरू
जनतालाई कोरोना कहरले तहन नहस पारि सक्दा पनि
अझै लाज पचाई स्वार्थको लागि भ्रम छर्दैछन् नेताहरू ।
भरतपुर-११, चितवन








