• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मदिराजन्य वस्तुको विक्रि वितरण कम भएपछि आन्तरिक राजश्व कार्यालयको असुली लक्ष्य भन्दा कम

  •   सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु र्आिर्थक बर्ष ०७७, ०७८को बैशाख महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको लक्ष्य भन्दा कम राजश्व असुली भएको छ । कोरोना संक्रमणका कारण बैशाख महिनाको दोस्रो साता देखि काठमाडौ लगायत अन्य जिल्लामा निशेधाज्ञा लागु गरेपछि यसको असर राजश्व असुलीमा परेको हो । कार्यालयले यस महिनामा २ अर्ब ३३ करोड ७ लाख लक्ष्य दिएपनि १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयांँ राजश्व असुल गरेको हो । जसअनुसार कार्यालयले सबै शिर्षकमा गरी १५ दशमलव १७ प्रतिशत कर असुली कम गरेको छ ।

    कार्यालयले बैशाख महिनामा सबै शिर्षक मध्ये बढी अन्तःशुल्कबाट कर असुली गरेको छ भने स्वास्थ्य सेवा करमा कुनै कर असुली गरेको छैन । बैशाख महिनामा विभागले अन्त शुल्क शिर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयांँ लक्ष्य दिएपनि १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार कर असुली भएको छ । स्वास्थ्य सेवा कर शिर्षकमा १४ लाख ५१ हजार लक्ष्य दिएपनि कार्यालयले कुनै कर असुलेको छैन । बैशाख महिनामा विभागले दिएको लक्ष्य भन्दा बढी कर असुली कार्यालयले आयकर, बहालकर, ब्याजकर र मुल्य अभिवृद्धि कर शिर्षकमा मात्र गरेको छ भने मुल्य अभिवृद्धि कर, शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा लक्ष्य अनुसार कर असुली भएको छैन ।

    जसअनुसार आयकर शिर्षकमा ११ करोड ४५ लाख ३५ हजार लक्ष्य लिईएकोमा १२ करोड ९३ लाख ४५ हजार रुपैया राजश्व असुली भएको छ । मुल्य अभिवृद्धि करमा १५ करोड १५ लाख ३८ हजार लक्ष्य दिईएकोमा १९ करोड ८७ लाख ६२ हजार रुपैयांँ कर असुली गरेको छ । व्याज कर शिर्षकमा १५ लाख ९२ हजार रुपैयाां कर असुली भएको छ । यस शिर्षकमा ९६ लाख ५२ हजार कर असुली गर्ने लक्ष्य दिइएको थियो । यस्तै बहाल कर शिर्षकमा १ लाख ८९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा २२ लाख ३५ हजार रुपैयांँ राजश्व असुली भएको छ भने शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयांँ लक्ष्य दिइएकोमा जम्मा ७ हजार रुपैयांँ राजश्व असुली भएको कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले भरतपुर आन्तरिक राजश्व कार्यालयको मुख्य कर असुलीको श्रोत नै अन्तःशुल्क भएको र यस शिर्षकमानै कम राजश्व असुली भएकोले लक्ष्य भन्दा कम राजश्व असुली भएको बताए । ‘ निशेधाज्ञाको हल्ला र त्रास बैशाख लागेपछिनै भयो, उनले भने, त्यसपछि मदिराजन्य उत्पादनको विक्री वितरण पनि रोकियोे ।’ अन्य शिर्षकमा लक्ष्य भन्दा बढी संकलन भएपनि अन्तःशुल्क शिर्षकको कर असुलीमा असर परेका कारण लक्ष्य भन्दा कम राजश्व असुली भएको उनको भनाई छ ।

    ‘बजारमा आर्थिक गतिविधि पनि भयो । मदिराजन्य वस्तुको माग र आपूर्ति पनि घट्यो ।’ नेपालले भने । बैशाख महिनासम्म १० महिनाको अवधिमा विभागले १५ अर्ब ६ करोड ३१ हजार लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयांँ राजश्व असुली भएको छ । विभागले कार्यालयलाई यसबर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयांँ राजश्व असुली गर्ने लक्ष्य दिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.