काठमाडौं । कोरोना कहरसंगै नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राती ११ बजेर ५४ मिनेटमा काठमाडौंसहित जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । दोलखा केन्द्रविन्दु भएर ५।३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसगै दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, धनकुटा, काभ्रे, उदयपुरलगायतका क्षेत्रमा महसुस गरिएको थियो ।








