काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कुल कोरोना मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।
पछिल्ला दिनहरुमा नेपालमा दैनिक संक्रमण मुक्त हुनेको संख्या बढिरहेको छ । यस्तै, आज थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









