काठमाडौं । पछिल्ला २४ घण्टामा नेपालमा थप ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४ सय ०३ पुगेको छ । यस्तै, आज ८१७३ जनामा संक्रमण पुष्टि भएको छ भने २४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।








