काठमाडौं । पछिल्ला २४ घण्टामा नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । यस्तै, आज थप ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । आज संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।









