चितवन । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि अस्पतालमा कोभिड१९ बाहेक समस्या लिएर पुग्ने बिरामीको संख्या घट्न थालेको छ । सोही विषयलाइ नजर गर्दै चितवन च्याम्बर अफ कमर्स (सीसीसी)ले नागरिकका लागि परामर्शमूलक कार्यक्रम प्रत्येक घरमा डाक्टर छौं घरमा नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
निषेधाज्ञा तथा महामारीका कारण बिरामी अस्पतालसम्म सेवा लिन पुग्ने अवस्था नभएको भन्दै सीसीसीले उनीहरूलाई टेलिफोनमार्फत चिकित्सकहरूसँग कुराकानी गराउने रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको हो । च्याम्बर अफ कमर्सले शनिबार एक प्रेस नोट जारी गर्दै त्यसको जानकारी गराएको हो । “चितवनसहित देशैभर फैलिएको कोरोना महामारीबाट आमनागरिकले पाएको पीडाप्रति चितवन च्याम्बर अफ कमर्स निकै दुःखी र मर्माहित भएको छ”, प्रेस नोटमा भनिएको छ, “महामारीको समयमा कोभिड–१९ बाहेकका अन्य दीर्घरोगी पनि अस्पताल जान डराएर झनै बढी समस्यामा परेको प्रति च्याम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।”
सर्वसाधारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको संस्थाका अध्यक्ष दीर्घमान श्रेष्ठले बताउनुुुभयो । “उपचार पाउनबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्न लागेका हौं”, अध्यक्ष श्रेष्ठले भन्नुुुअयो भब। कार्यक्रमका दौरान विज्ञ चिकित्सकसँग टेलिफोन संवाद गरेर नै सर्वसाधारणले आफ्नो स्वास्थ्यावस्थाका बारेमा सल्लाह लिन सक्ने श्रेष्ठको भनाइ थियो । कार्यक्रममा सहभागी भएवापत सर्वसाधारणलाई कुनै पनि शूल्क नलाग्ने कार्यक्रम संयोजक महेश तिवारीले प्रष्ट पााार्नभयो ।
दैनिक रूपमा सञ्चालन गरिने कार्यक्रममा विभिन्न १५ जना विशेषज्ञ चिकित्सकसँग बिहान ८ देखि साँझ ५ बजेसम्म सर्वसाधारणले परामर्श लिन सक्ने तिवारीले बताउनुुुभयो । आवश्यक परेका खण्डमा बिरामीलाई अस्पतालसम्म पु¥याएर सहुलियतमा उपचार गराउने व्यवस्था गरिएको पनि उहाले उल्लेख गर्नुुुरीअयो तिवारिका अनुसार कार्यक्रम विभिन्न स्थानीय रेडियो तथा एफ.एम.बाट प्रसारण गरिनेछ ।









