• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पुर्‍याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका छैनन् ।

    प्रयोगशालाका अधिकृत पशु चिकित्सक डा. नव श्रेष्ठले रानिखेतको क्षतिका कारण मात्रै करीब २० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए । रोगका कारण देशभरमा के कति क्षति भयो त्यसको यकिन तथ्यांक संकलन नभए पनि लाखौं कखुरा मरेको र त्यसबाट करोडौं रुपैयाँ क्षति भएको हुनसक्ने उनले दाबी गरे । ‘किसानलाई आर्थिक क्षति त छँदै छ त्यस सँगसँगै उनीहरू मानसिक रूपमा समेत कमजोर बनेकाले कखुरा पाल्नै डराइरहेका छन,’ उनले भने ।

    केन्द्रीय प्रयोगशालामा मात्र यसअघि दैनिक १५ ओटा जति नमूना परीक्षण गर्दा १० ओटाभन्दा बढीमा रानीखेत रोगको संक्रमण देखिने भए पनि अहिले भने ५ ओटा जतिमा संक्रमण पुष्टि हुने गरेको उनले जानकारी दिए । यद्यपि जुन हिसाबले संक्रमण नियन्त्रण हुनु पर्ने हो त्यसअनुसार नभएको उनले बताए । यो रोग भाइरसका माध्यमबाट सर्ने भएकाले किसानले रोग देखिनुअगावै भ्याक्सिन लगाएमा आफै रोग नियन्त्रण हुन्छ । तर, भाइरसले आप्mनो स्वरूप परिवर्तन गरेको हुनाले भ्याक्सिनले पनि प्रभावकारी रूपमा काम नगर्दा समयमै नियन्त्रण गर्न नसकिएको उनी बताउँछन् ।

    भ्याक्सिनले प्रभावकारी रूपमा काम नगरेपछि चिकित्सकहरूको सल्लाहबमोजिम अहिले किसानहरूले भ्याक्सिनको मात्रा बढाएका छन् । यसअघि २ मात्रा दिए भ्याक्सिनले काम गर्ने भए पनि अहिले तेस्रो मात्रासमेत दिनु परेको छ । रोगको त्रासका कारण हतोत्साही भएर कुखुरा पाल्ने किसानहरू घटेसँगै समग्रमा कुखुराको उत्पादन पनि करीब ४० प्रतिशतले घटेको बताइएको छ । नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रका अनुसार यतिबेला निषेधाज्ञाका कारण मासुको खपत कम हुँदा मात्र खासै समस्या देखिएको छैन, निषेधाज्ञा खुलेसँगै मासुको खपत बढेपछि बजारमा कुखुराको अभाव सृजना हुनेछ ।

    उत्पादन घट्नुमा रानीखेत एउटा कारण हो भने अर्को कारण निषेधाज्ञा पनि भएको उनको भनाइ छ । ब्रोइलर कुखुराको हकमा किसानहरू स्थायी हुँदैनन् । हरेक ३ वर्षमा ९० प्रतिशत किसानहरू नयाँ आउने गर्छन् । अहिलेको निषेधाज्ञा र रानीखेतको प्रकोपले गर्दा अधिकांश पुराना किसानसमेत चिन्तित बनेका बताइएको छ । आजको आर्थिक अभियानमा खबर छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.