हेटौडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा निमित्त मेडिकल सुपरीडेन्टेण्टमा डाक्टर रामचन्द्र सापकोटा नियुक्त भएका छन् । अर्थोपेडिक सर्जन समेत रहेका उनलाई सामाजिक विकास मन्त्रालयले निमित्त मेडिकल सुपरीडेन्डेण्टमा नियुक्त गरेको हो ।
यसअघि कार्यरत मेसु प्रविण श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको थियो । निमित्त मेसुको रुपमा डा. सापकोटाले आजै मंगलबारबाट कार्यभार सम्हालेका छन् । उनलाई एक कार्यक्रमकाबीच आज हेटौंडा अस्पतालमा स्वागत समेत गरिएको थियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण लगायतका विषयमा योजना बनाएर काम गर्ने डा. सापकोटाले बताए ।








