काठमाडौं । नेपालमा पछिल्ला २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५६२ पुगेको छ ।
यस्तै, आज थप ६ हजार ७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख १५ हजार ६ सय ३ पुगेको छ । आज संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।








