• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना कहरबीच सुरक्षित प्रसुती सेवा

  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना सङ्क्रमणको हटस्पट बनेको भरतपुरका अस्पतालहरुले सुरक्षित रुपमा प्रसुती सेवा दिईरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसुती सेवा दिएका हुन् । अस्पतालहरुले बहिरंग सेवा बन्द गराएर मुख्य रुपमा कोरोना सङ्क्रमितको उपचार गराईरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोना बाहेकका कमै मात्र बिरामी आएका छन् ।

    यसका बाबजुद सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् । भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा.सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो संख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासी लगायतका जिल्लाका सामान्य सुत्केरीहरु स्थानीयस्तरमै हुने गरेका छन् । जसका कारण केही संख्यामा कमी आएको उहाँको भनाई छ ।

    जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउनुहुन्छ । उहाँको भनाईमा सुत्केरी गराउनु पर्ने मध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नु पर्छ । भरतपुर अस्पतालमा यतिबेला पूर्ववत अवस्थामा उच्च सावधानीका साथ सेवा दिईएको उहाँको भनाई छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक जना चिकित्सक र दुई जना नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ जना चिकित्सक र १८ जना नर्सले यो सेवा दिईरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराईएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ ।

    तीन जना आईसोलेसनमा रहेको पोखरेलको भनाई छ । सोही अस्पतालको प्रसुती विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थय मापदण्ड पूर्ण पालना गरेर सेवा दिईरहेको बताउनुहुन्छ । माक्स, टोपी, फेससील, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उहाँको भनाई छ । आवश्यकता अनुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसुती सेवा दिईदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरक फरक ठाउँबाट दिईएको छ । अधिकांश चिकित्सक स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउनुहुन्छ ।

    चितवन मेडिकल कलेजमा प्रसुती विभाग हेर्दै आउनु भएका डा.सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसुती सेवा लिने गरेका छन् । अन्य समयमा यो संख्या ५ देखि १० हुने गरेको उहाँको भनाई छ । वैशाख यता सङ्क्रमण भएका ४ जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढंगबाट प्रसुती गराईएको उहाँले जानकारी दिनुभयो । सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिईरहेको श्रेष्ठ बताउनुहुन्छ ।

    बहिरंग र प्रसुती दुवै सेवा सुरक्षित ढंगबाट दिईएको उहाँको भनाई छ । बरिष्ठ प्रसुती रोग विशेषज्ञ समेत रहनु भएका चिकित्सक संघ चितवनका अध्यक्ष लोकबहादुर सेढाई सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिईरहेको बताउनुहुन्छ । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढंगबाट अस्पतालमा सेवा दिने गरेको उहाँको भनाई छ । नारायणी सामुदायिक हस्पिटलमा कार्यरत डा. सेढाई अन्य बिरामी जस्तो पछि उपचार गरौला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिईरहेको जानकारी दिनुभयो । पहिले प्रसुती सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढंगबाट सेवा दिईरहेका छन् ।

    राजधानी काठमाण्डौंपछि सबैभन्दा धेरै प्रसुती सेवा दिने भरतपुर हो । यहाँ चितवन सहित छिमेकी धेरै जिल्लाहरुबाट प्रसुतीका लागि आउने गर्दछन् । यहाँका अस्पतालहरुमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.