चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गरिएको पिसीआर परीक्षणबाट १०२ र एन्टिजेन परीक्षणबाट ५ गरी १६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीले कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा चितवनका कसैको पनि मृत्यु नभएको बताए ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरका ८२, रत्ननगरका ९, खैरहनीका ३, राप्तीका ५, कालिकाका ३ तथा माडीका ५ जना रहेका छन् । चितवनमा हालसम्म सक्रिय कोरोना सङ्क्रमित सङ्ख्या चार हजार ९०३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये १६७ जना अस्पतालको आइसोलेसन, १६ जना सार्वजनिक आइसोलेसन तथा चार हजार ७२० जना होम आइसोलेसनमा बसेका तिवारीले समावेसी खबरलाई जानकारी दिए ।
जिल्लामा १३ हजार ४७१ जना सङ्क्रमित पुग्दा ८ हजार ३५४ जना निको भएका तथा २१४ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए ।








