काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०२ र एन्टिजेन विधिबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ पुगेको छ ।
यस्तै, आज थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।
आज संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार २७२ पुगेको छ ।








